काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ९७ दशमलव ३१ प्रतिशत घटेको छ ।
कम्पनीले अघिल्लो आवमा रू. १ करोड १२ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. ३ लाख १ हजारमा झरेको छ । गत आवमा कम्पनीको विद्युत् विक्री आम्दानी ९५ प्रतिशत घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको विद्युत् विक्री आम्दानी रू. ७ करोड ९७ लाख रहेकोमा गत आवमा घटेर रू. ३४ लाख ९२ हजारमा झरेको छ ।
गत असार २ गतेको बाढीले कम्पनीको हेवा खोला साना जलविद्युत आयोजना स्थलमा पूर्णरूपमा क्षति पुर्याएपछि विद्युत् विक्री आम्दानी घटेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. ५३ करोड ५८ लाख छ । कम्पनीले शेयर प्रिमियममा रू. ४ करोड ३७ लाख सञ्चिति गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ११ रुपैयाँ ४६ पैसा छ ।