काठमाडौं । बिन्ध्यावासीनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनी सञ्चालक समितिको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश पारितका लागि कम्पनीले मङ्सिर ६ गते साधारण सभा बोलाएको छ । सभा काठमाडौं नयाँ बानेश्वरस्थित कम्पनीको कार्यालय परिसरमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा गत आर्थिक वर्ष (आव) २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्ने र चालू आवको लागि लेखापरीक्षणको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछन् । कम्पनी ऐनबमोजिम कम्पनीको सञ्चालक समितिको संख्या संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभामा पेश हुने बताइएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले कात्तिक २८ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा कात्तिक २७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।