काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को पहिलो महीनाको आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गरेको छ ।
तथ्यांकअनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको छ । यस्तै, विदेशी विनिमय सञ्चिति १५ अर्ब ५८ करोड छ ।
प्रमुख सूचकहरू
- वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकमा आधारित मुद्रास्फीति ४.१० प्रतिशत छ ।
- आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घटेको छ ।
- विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ ।
- शोधनान्तर स्थिति रु. ४० अर्ब ९० करोडले बचतमा छ ।
- कुल विदेशी विनिमय सञ्चिति रु. २०९२ अर्ब २२ करोड र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड छ ।
- नेपाल सरकारको खर्च रु. ४० अर्ब २१ करोड र राजस्व परिचालन रु. ९४ अर्ब ७४ करोड छ ।
- विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्रा प्रदाय १४.८ प्रतिशतले बढेको छ ।
- बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा ०.३ प्रतिशतले बढेको छ ।
- वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.२ प्रतिशत छ ।