साउन ९, गोरखा (अस) । गोरखाको लाप्राक गाविसको रुप्चेताल सामुदायिक वनका उपभोक्ताले यो वर्ष वन लसुन बेचेर ५३ लाख रुपैयाँ कमाए । उपभोक्ता समूहले यो वर्ष संस्थागत रूपमा वन लसुन सङ्कलन गरी सो रकम आर्जन गरेका हुन् । ‘वन समूहका करीब १ हजार जनाले १ सातासम्म ४ सय ९ किलोग्राम वन लसुन सङ्कलन गरेर राम्रो आम्दानी गरे, ’लाप्राकका मार्सिङ गुरुङले भने ।
वन लसुन प्रतिकेजी रू.१३ हजारका दरले विक्री गरेको गुरुङले बताए । ‘गत वर्षभन्दा यो वर्ष किलोमा १ हजार रुपैयाँ बढ्यो, ’उनले भने । उनले वनबाट लसुन सङ्कलन गरेबापत प्रतिकेजी १० रुपियाँका दरले जिल्ला वन कार्यालयमा राजस्व बुझाएको बताए । साथै, उनीहरूले प्रतिकिलो २ रुपैयाँका दरले जिल्ला विकास समिति गोरखालाई पनि राजस्व बुझाएका छन् । सामूहिक रूपमा सङ्कलन गरेकाले वन उपभोक्ता समितिले ३ लाख रुपैयाँ समूहको खातामा जम्मा गरेको र बाँकी रकम सङ्कलन गर्न जानेहरूलाई दिएको गुरुङले बताए ।
जिल्ला वन कार्यालयको प्रतिबन्धका कारण उनीहरूले विगत ३ वर्षदेखि लसुन टिप्न पाएका थिएनन् । यो वर्ष कार्यालयले अनुमति दिएपछि गाउँका हिँड्न सक्ने सबै जना लसुन टिप्न गएको बताउँछन् । त्यसका लागि विद्यालयसमेत बन्द गरिएको गुरुङले बताए ।
वन लसुन किलोको १३ हजारमा बिक्यो
९ श्रावण २०७०
र यो पनि...
प्रतिक्रियाहरू





Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.