काठमाडौं । बिहीवार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथ जात्रा शुरु भएको छ ।
रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि झन्डै दुई महीने लामो उक्त जात्रा विधिवत रूपमा शुरू भएको छ ।
शनिवार रथ तानेर गावहाल पुर्याइने छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गर्ने गरिन्छ।
हेर्नुस् तस्वीरहरू