काठमाडौं (अस) । पूजा इण्टरनेशनल नेपाल प्रालिले ललितपुरको ज्वागलस्थित यूएन पार्कमा नयाँ आधिकारिक सर्भिस सेण्टर सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेण्टरको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले गरेका हुन् ।
कम्पनीले सो क्षेत्रका ग्राहकहरूलाई विक्रीपछिको सेवा अझ सहज एवम् स्तरीय रूपमा प्रदान गर्ने उद्देश्यले उक्त सर्भिस सेण्टर सञ्चालनमा ल्याएको बताएको छ । उक्त सेण्टरबाट ग्राहकले मर्मत सम्भारसम्बन्धी सेवाका अतिरिक्त फक्सवागनका सक्कली पार्टपुर्जा एवम् सामानहरू पनि प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.