फागुन १५, काठमाडौं (अस) । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले जुम्लामा रहेको उपशाखालाई स्तरोन्नती गरी कम्पनीको २६ औँ शाखा कार्यालयको रुपमा सञ्चालनमा ल्याएको छ ।
मङ्गलवार उद्घाटन भई जुम्ला शाखा कार्यालयको रुपमा सञ्चालनमा आएको यो शाखा सहित कम्पनीले २६ ओटा शाखा र ६९ ओटा उपशाखा गरी जम्मा ९५ शाखा तथा उपशाखा मार्फत ग्राहकलाई बीमा सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने लक्ष्य रहेको कम्पनीले बताएको छ ।
कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमङ्ग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पत्ती सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना, सरल सुरक्षा म्यादि जीवन बीमा योजना, जन कल्याण म्यादि जीवन बीमा योजनालगायत १७ ओटा बीमा योजनाहरु प्रचलनमा ल्याएको छ । साथै ग्राहकवर्गको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य योजनाहरु समेत ल्याउने कम्पनीको योजना छ ।
कम्पनीको २०७४ पुष समान्तसम्म जीवन बीमाकोष रू.११ अर्ब ३२ करोड ४२ लाख, लगानी १० अर्ब ७९ करोड तथा चुक्तापूँजी रू. ८० करोड ५५ लाख रहेको छ । कम्पनीले यहि फागुन १३ गतेदेखि ५०% हकप्रद शेयर जारी गर्नुका साथै आव ०७३÷७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको १२% ले बोनस शेयर दिने प्रस्ताव समेत गरेको छ ।
बोनस र हकप्रद निश्काशन पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३० करोड ५० लाख पुग्नेछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।