विराटनगरमा मोनोरेलको सम्भाव्यता अध्ययन गर्न अनुमति, प्रदेश सरकारको पनि लगानी

Share News

जेठ १२, विराटनगर । विराटनगरदेखि सुनसरीको तरहरासम्म मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सरकारले अनुमति दिएको छ । मुख्यमन्त्री शेरधन राईले विराट मानोरेल इण्टरनेशनल प्रालिलाई सम्भाव्यता अध्ययनका लागि अनुमति दिइएको बताए ।

कम्पनीले विराटनगरको जोगवनीदेखि ईटहरी हुँदै तरहरासम्म ३५ किलोमिटर दुरीसम्म विद्युतीय मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्नेछ । अध्ययनका लागि सम्वद्ध ४ ओटै स्थानीय तहसँग पनि अनुमति प्राप्त भइसकेको विराट मोनेरेलका अध्यक्ष परमानन्द मेहताले जानकारी दिए । मोनोरेलको योजनामा प्रदेश मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास मन्त्री जीवन घिमिरे सकारात्मक रहेको उनले बताए ।

कम्पनीले प्रदेश सरकारसँग लगानीका लागि समेत प्रस्ताव पेश गरेको छ । प्रदेश सरकारको समेत लगानी रहने मोनोरेल सरकारी निजी साझेदारी प्रणालीमा सञ्चालन गरिने अध्यक्ष मेहताको भनाइ छ । मोनोरेलका लागि ६० प्रतिशत स्वदेशी र ४० प्रतिशत विदेशी लगानी रहनेछ । विदेशी लगानीसम्बन्धी छलफलका लागि भारतीय र सिंगापुरका लगानीकर्तासँग यही जेठ २२ गते दिल्लीमा भेट गर्न लागिएको अध्यक्ष मेहताले जानकारी दिए ।

मोनोरेल सञ्चालनमा आए विराटनगरदेखि तरहरासम्म पुग्न १० देखि १५ मिनेट मात्र लाग्नेछ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।