जनकपुरमा टेलिकमको वाइम्याक्स

Share News

 

फागुन २०, जनकपुरधाम (अस) । नेपाल टेलिकमले इण्टरनेट सेवाको पहु“च बढाउन जनकपुरमा आइतवारबाट ‘फोरजी’ सेवासहितको वाइम्याक्स सेवा सञ्चालनमा ल्याएको छ । यसअघि सो सेवा निजीक्षेत्रका सञ्चार कम्पनीले मात्रै दिँदै आएका थिए । जनकपुरमा नेपाल टेलिकम (एनटीसी) ले आइतवार एक कार्यक्रमको आयोजना गरी इण्टरनेट सेवामा नया“ प्रविधि भिœयाएको जानकारी दिएको हो । शुरूमा ५ देखि ६० जीबीसम्मको डाटा ट्रान्सफर गर्ने योजना रहेको एनटीसीले जानकारी दिएको छ । मुलुकका प्रत्येक गाविसमा वाइम्याक्स सेवा पु¥याउने लक्ष्य लिएको एनटीसीले बताएको छ । वाइम्याक्स जडानका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न उपभोक्ताले कम्तीमा ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । उपकरण लिएपछि कम्तीमा १ महीनाका लागि ५ जीबीसम्मको डाटा ट्रान्सफर गर्न ६ सय १५ रुपैयाँ महशुल तिर्नुपर्ने कार्यक्रममा टेलिकमका प्रतिनिधि सुदीप दाहालले बताए । 
उपभोक्ताको शुल्क तिर्ने क्षमताबमोजिम इण्टरनेट सेवाको गति घटबढ गर्न सकिने एनटीसीले बताएको छ । जनकपुरमै स्थापना गरिएको एउटा टावरबाट कम्तीमा २० किलोमिटर वरिपरिसम्म सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ । यसैबीच एनटीसीले कञ्चनपुर जिल्लाका चार ठाउँमा वाइम्याक्स सञ्चालन गरेको छ । जिल्लाका त्रिभुवनबस्ती, बेलौरी, झलारी र महेन्द्रनगरमा पहिलोपटक एनटीसीले उच्चगतिको इण्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।
सो सेवाअन्तर्गत २ सय २५ प्रतिकिलोवाटका दरले डाटा डाउनलोड गर्न सकिने एनटीसी महेन्द्रनगर शाखाका प्रमुख दत्तराम जोशीले बताए । केही दिनभित्रै जिल्लाका अन्य क्षेत्रमा समेत उच्चगतिको इण्टरनेट सेवा प्रदान गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘सुदूरपश्चिमका सबै गाविसमा वाइम्याक्स इण्टरनेट सेवा पु¥याउने टेलिकमको लक्ष्य छ,’ उनले भने । हाल सुदूरपश्चिमका २४ बेस स्टेशनमध्ये १३ स्थानमा सो सेवा शुरू गरिएको छ । 

फागुन २०, जनकपुरधाम (अस) ।

नेपाल टेलिकमले इण्टरनेट सेवाको पहु“च बढाउन जनकपुरमा आइतवारबाट ‘फोरजी’ सेवासहितको वाइम्याक्स सेवा सञ्चालनमा ल्याएको छ । यसअघि सो सेवा निजीक्षेत्रका सञ्चार कम्पनीले मात्रै दिँदै आएका थिए । जनकपुरमा नेपाल टेलिकम (एनटीसी) ले आइतवार एक कार्यक्रमको आयोजना गरी इण्टरनेट सेवामा नया“ प्रविधि भिœयाएको जानकारी दिएको हो । शुरूमा ५ देखि ६० जीबीसम्मको डाटा ट्रान्सफर गर्ने योजना रहेको एनटीसीले जानकारी दिएको छ । मुलुकका प्रत्येक गाविसमा वाइम्याक्स सेवा पु¥याउने लक्ष्य लिएको एनटीसीले बताएको छ । वाइम्याक्स जडानका लागि आवश्यक पर्ने उपकरण खरीद गर्न उपभोक्ताले कम्तीमा ८ हजार रुपैयाँ तिर्नुपर्नेछ । उपकरण लिएपछि कम्तीमा १ महीनाका लागि ५ जीबीसम्मको डाटा ट्रान्सफर गर्न ६ सय १५ रुपैयाँ महशुल तिर्नुपर्ने कार्यक्रममा टेलिकमका प्रतिनिधि सुदीप दाहालले बताए । 

उपभोक्ताको शुल्क तिर्ने क्षमताबमोजिम इण्टरनेट सेवाको गति घटबढ गर्न सकिने एनटीसीले बताएको छ । जनकपुरमै स्थापना गरिएको एउटा टावरबाट कम्तीमा २० किलोमिटर वरिपरिसम्म सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ । यसैबीच एनटीसीले कञ्चनपुर जिल्लाका चार ठाउँमा वाइम्याक्स सञ्चालन गरेको छ । जिल्लाका त्रिभुवनबस्ती, बेलौरी, झलारी र महेन्द्रनगरमा पहिलोपटक एनटीसीले उच्चगतिको इण्टरनेट सेवा सञ्चालनमा ल्याएको हो ।

सो सेवाअन्तर्गत २ सय २५ प्रतिकिलोवाटका दरले डाटा डाउनलोड गर्न सकिने एनटीसी महेन्द्रनगर शाखाका प्रमुख दत्तराम जोशीले बताए । केही दिनभित्रै जिल्लाका अन्य क्षेत्रमा समेत उच्चगतिको इण्टरनेट सेवा प्रदान गर्ने तयारी भइरहेको उनले जानकारी दिए । ‘सुदूरपश्चिमका सबै गाविसमा वाइम्याक्स इण्टरनेट सेवा पु¥याउने टेलिकमको लक्ष्य छ,’ उनले भने । हाल सुदूरपश्चिमका २४ बेस स्टेशनमध्ये १३ स्थानमा सो सेवा शुरू गरिएको छ । 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।