आईटीसम्बन्धी रोचक तथ्यहरू

Share News
  • इण्टरनेटमा प्रयोग गरिएका तस्वीरमध्ये निर्वस्त्र चित्रहरूको हिस्सा करीब ८० प्रतिशत छ ।
  • अनलाइन प्रयोग गर्ने कुल व्यक्तिमध्य आधाजतिले तीनओटा ई–मेल एड्रेस बनाउने गरेको पाइन्छ । तर, रमाइलो कुरा के छ भने ती व्यक्तिले एउटा मात्र ई–मेल एड्रेस औसत ५ वर्षसम्म प्रयोग गर्छन् ।
  • विश्वमा सन् १९६४ मा पहिलोपटक माउसको निर्माण गरिएको थियो, जुन काठबाट बनाइएको थियो ।
  •  विश्वभर करीब ४ अर्ब मोबाइल दैनिक रूपमा प्रयोग गरिन्छ । त्यस्तै, दैनिक ३० लाखबराबर मोबाइलको विक्री हुने गर्छ ।
  • प्रत्येक दिन गूगलमा १ अर्बभन्दा धेरैपटक विभिन्न कुराको खोजी गरिन्छ ।
  • एक दिनमा विश्वभर ६० अर्बभन्दा बढी ई–मेल सेण्ड हुने गर्छ ।
  • सामान्य काम गर्ने समय (वर्किङ आवर)मा एकजना टाइपिष्टको औंलाले १२ दशमलव ६ माइल दूरी पार गर्छ ।
  • एचपी, गूगल, माइक्रोसफ्ट त्यस्ता आईटी कम्पनीहरू हुन्, जसले ग्यारेजबाट आफ्नो काम शुरू गरेका थिए ।
  • याहू शब्द जोनाथान स्विफ्टको गुलिभर्स ट्राभल्स भन्ने किताबबाट साभार गरिएको हो । सो किताबमा याहूलाई अत्यन्त नराम्रो व्यक्तिका रूपमा चित्रण गरिएको छ ।
  • डब्ल्यूडब्ल्यूडब्ल्यू डट सिम्बोलिक्स डटकम विश्वमै सबैभन्दा पहिले रजिष्टर गरिएको अनलाइन साइट हो ।



















अहिलेसम्म कुनै प्रतिक्रिया छैन।