अब नेपालमै लुमिया ६२०

Share News

नोकियाले विण्डोज स्मार्टफोन लुमिया ६२० नेपाली बजारमा सार्वजनिक गरेको छ । यो लाइमग्रीन, अरेञ्ज, म्याग्नेटा, एल्लो, सायन, ह्वाइट र ब्ल्याक गरी सात रङमा उपलब्ध छ । नोकिया मोबाइलको आधिकारिक विक्रेता नियोटेरिक नेपाल र पारामाउण्ट इलेक्ट्रोनिक्सले नेपालमा लुमिया ६२० यही साताबाट विक्री शुरू गरेको छ । स्पष्ट कालो डिस्प्ले भएको नयाँ मोबाइलमा ३ दशमलव ८ इञ्चको टीएफटी डब्ल्यूभीजीए स्क्रिनको प्रयोग गरिएको छ । यसले स्पष्ट डिस्प्ले देखाउने कम्पनीले जानकारी दिएको छ । नयाँ आकर्षक डिजाइन, विण्डोज फोन एट सफ्टवेयर र नोकियाको आफ्नै नोकिया लेन्सेस, नोकिया म्याप्स, नोकिया म्युजिकजस्ता छुट्टै पहिचान रहेका कारण यसले स्मार्टफोनको बजारमा राम्रो व्यापार गर्ने कम्पनीको दाबी छ ।  नेपाली बजारमा यसको मूल्य २३ हजार ९ सय ६० रुपैयाँ निर्धारण गरिएको छ । ५ सय १२ एमबी र्‍याम रहेको फोनमा ८ जीबीको मास मेमोरी जडान गरिएको छ । फोनमा रहेका फिचर तथा क्षमताका लागि क्वालकोमको स्न्यापड्रागन एसफोर प्लस प्रोसेसरको प्रयोग गरिएको छ । यसले मल्टिटास्किङ, एचडी स्ट्रिमिङ तथा उच्च गतिको सेवा उपभोग गर्न    सघाउँछ ।

 

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।