मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले शनिवार पोखरामा ‘रोड शो’ कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो ब्राण्डको प्रचारप्रसार गर्ने तथा सङ्गीतप्रेमीहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले एनसेलले रोड शो नामक साङ्गीतिक कार्यक्रम आयोजना गरेको हो । पोखराबाट शुरू गरिएको साङ्गीतिक कार्यक्रम गण्डकी अञ्चलका अन्य जिल्लामा सञ्चालन गरिने बताइएको छ ।
सो अवसरमा एनसेलले गण्डकी अञ्चलका लागि हालै बजारमा ल्याएका विभिन्न प्याकेजहरूबारे ग्राहकलाई जानकारी गराएको छ । ३ महीनाका लागि कम्पनीले २५ रुपैयाँमा २५ रुपैयाँ नै ब्यालेन्स भएको सिम वितरण गरेको छ । ५० रुपैयाँभन्दा बढीको रिचार्ज गर्दा १० प्रतिशत बोनस पाइने एनसेलले जानकारी दिएको छ । कार्यक्रममा हास्यकलाकार देवीराम पराजुली, गायक धीरज राई, जादुगर नीरञ्जन वर्मालगायत कलाकारले हास्य तथा साङ्गीतिक प्रस्तुति रोखका थिए । पोखराको चिप्लेढुङ्गामा आयोजित कार्यक्रममा सहभागीहरूले साथमा साथ मिलाएर कलाकारहरूलाई साथ दिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।