डिजिटल पेमेण्ट सेवा प्रदान गर्दै आएको पे फोनअन्तर्गतको उत्पादन ‘ई–सेवा’ निजीक्षेत्रको उत्कृष्ट आईसीटी प्रयोगकर्ताका रूपमा सम्मानित भएको छ । राष्ट्रिय सूचना, सञ्चार तथा प्रविधि दिवसका अवसरमा कम्प्युटर एशोसिएशन अफ नेपालले ई–सेवालाई सम्मान गरेको हो । प्रविधिको प्रयोगमार्फत नेपालको वित्तीय प्रणालीमा सर्वसाधारणको पहुँच बढाएकाले ई–सेवालाई सम्मान गरिएको क्यानले जानकारी दिएको छ । नेपाल सरकारका मुख्यसचिव लीलामणि पौडेलले कम्पनीका प्रमुख कार्यकारी अधिकृत असगर अलीलाई सम्मानपत्र दिएका थिए । कम्पनीले हालै मात्र ई–सेवाको विस्तार गर्न ई–जोन नामक नयाँ कार्यक्रम सार्वजनिक गरेको थियो । साताका आईटी समाचार
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।