आईसीटीसी समूह : व्यवसायको क्षेत्र विविधीकरण गर्दै

Share News
[caption id="attachment_256274" align="alignright" width="150"] दिनेशलाल श्रेष्ठ
कार्यकारी अध्यक्ष
आईसीटीसी समूह[/caption] एउटा सानो स्टेशनरी व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरेको आईसीटीसी समूह नेपालको एक स्थापित समूह बन्न सफल भएको छ । यो समूहले अहिले विभिन्न क्षेत्रमा व्यवसायको विस्तार तथा विविधीकरण गरिरहेको छ । पछिल्लो समय समूह सेवामूलक उद्योग (होटल) र जलविद्युत् क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेको छ । व्यवसाय विस्तारका क्रममा यो समूहले विभिन्न अन्तरराष्ट्रिय कम्पनीहरूलाई विशेषज्ञ सेवा, इञ्जिनीयरिङ तथा निर्माण सेवा, जलविद्युत्, सूचना तथा सञ्चार प्रविधि, पेय पदार्थ तथा उपभोग्य वस्तु, पर्यटन सेवा, वित्त तथा बीमा र जग्गा तथा आवास क्षेत्रमा लगानी विस्तार गरेको समूहका संस्थापक तथा मानार्थ अध्यक्ष रामलाल श्रेष्ठले बताए । समूहले होटल तथा जलविद्युत् क्षेत्रमा लामो अनुभव हासिल गरिसकेको छ ।
समूहको इतिहास सन् १९७४ मा काठमाडौंको न्यूरोडमा १ लाख रुपैयाँ लगानीबाट यो समूह स्थापना भएको हो । सरकारी तथा गैरसरकारी संस्थाहरूमा स्टेशनरी सामान आपूर्ति गर्ने कम्पनीको रूपमा रहेको सानो व्यवसाय समयक्रममा विभिन्न सङ्घसंस्थासँगको बलियो सम्बन्ध बनाउँदै सन् १९८५ मा इण्टरकण्टिनेण्टल ट्रेडिङको रूपमा स्थापित भयो । यो समूहले सन् १९७० मा हिमालयन इँटा तथा हिमालयन इलेक्ट्रो हब स्थापना गरेको तर दुवै व्यवसाय सफल हुन नसकेको श्रेष्ठको भनाइ छ । दुवै व्यवसाय असफल भएपछि सन् १९७८ मा पुनः ५ हजार रुपैयाँको लगानीमा व्यवसाय पुनर्गठित गरेर अगाडि बढाइएको थियो । त्यही वर्ष यो समूह तल्लो मस्र्याङ्दी जलविद्युत्मा संलग्न भयो । त्यसपछि करीब ४० वर्षको अवधिमा समूहले जलविद्युत् क्षेत्रमा विभिन्न स्वदेशी तथा विदेशी कम्पनीलाई विशेषज्ञ सेवा तथा विभिन्न खालका सहयोग गर्दै आएको छ । स्टेशनरी, इँटा, इलेक्ट्रो मेकानिकल कामका साथै जलविद्युत्मा अनुभव हासिल गरेको यो कम्पनीले सन् १९९१ मा बहुआयामिक क्षेत्रमा लगानी विस्तार गरेको छ । अहिले यो समूहले जलविद्युत्का साथै इञ्जिनीयरिङ तथा निर्माण, उपभोग्य वस्तु तथा सेवा, सूचना तथा प्रविधि, होटललगायत सेवा उद्योगमा लगानी बढाउँदै लगेको छ । यस्तै, उसले उपभोग्य वस्तुको उत्पादन, सफ्टवेयर निर्माण, बजारीकरण तथा वितरण गर्नुका साथै विभिन्न व्यवसायका लागि बाह्य परामर्शसमेत दिने गरेको छ । यो समूहले सन् १९९१ मा तारागाउँ रिजेन्सी लिमिटेड (हायात रिजेन्सी होटल) काठमाडौंमा स्थापना गरेको हो । यो नेपालमा सार्वजनिक निजी साझेदारीको एउटा नमूना पनि हो । यसमा नेपाल सरकार, एशियाली विकास बैङ्क र आईसीटीसीको लगानी छ । प्रिमियर इन्स्योरेन्स पनि यो समूहले नै प्रवद्र्धन गरेको हो । समूह मदिरा व्यवसायमा समेत संलग्न भएको कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठले जानकारी दिए । हाइल्याण्ड डिस्टिलरीले सन् २०१६ मा ४३ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । समूहले अहिले १ हजारभन्दा बढीलाई रोजगारी दिएको छ ।
समूहको प्रमुख व्यवसाय

होटलमा क्षमता तथा लगानी विस्तार तारागाउँ रिजेन्सी लिमिटेड (हायात होटल)ले होटलको क्षमता विस्तार गर्दै र नयाँ होटलमा समेत लगानी गर्ने भएको छ । पाँचतारे होटल सञ्चालन गरेको हायातले निकट भविष्यमै १ सय ५० कोठा थप्ने जानकारी दिएको छ । चिनियाँ पर्यटकलाई लक्षित गरी समूहले काठमाडौंमा चारतारे होटल सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेको हो । यसैगरी १ हजार कार अट्ने क्षमता भएको अन्तरराष्ट्रिय प्रदर्शनीस्थल निर्माणको योजना पनि रहेको छ । समूहका कार्यकारी अध्यक्ष दिनेशलाल श्रेष्ठका अनुसार काठमाडौंको बौद्धमै ठमेलको प्रतिकृति झल्किने तारागाउँ भिलेज निर्माण गर्न लागिएको छ । नेपाल सरकार र भारतीय कम्पनी जीएमआरसँगको सहकार्यमा माथिल्लो कर्णाली तथा नेपाल सरकार र चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सहकार्यमा पश्चिम सेती जलविद्युत् परियोजनामा समेत यो समूहको सहभागिता छ ।

मदिरा व्यवसाय समूहले हाइल्याण्ड डिष्टिलरीमार्फत मदिरा तथा मदिराजन्य पदार्थको उत्पादनका साथै विक्रिवितरण गर्दै आएको छ । हाइल्याण्डले नेपाली बजारमा भर्जिन, च्यालेञ्जर, भ्यालेण्टाइन, भोगलगायत ब्राण्डमा मदिरा उत्पादन गर्छ । कम्पनीले आईएसओ २२००० प्रमाणपत्रसमेत प्राप्त गरेको छ । यो कम्पनीले सरकारलाई वार्षिक करीब साढे ४४ करोड रुपैयाँ विभिन्न करका रूपमा तिर्दै आएको छ । कम्पनीद्वारा उत्पादित भर्जिन अहिले नेपालमा सबैभन्दा बढी विक्री हुने ४०० यूपीको मदिरामा पर्छ ।
लगानी गरेका क्षेत्रहरु निर्माण
  • आईसीटीसी कन्ष्ट्रक्शन प्रालि (सन् १९९६)
हाइडो
  • आईसीटीसी इनर्जी प्रालि (सोलु हाइड्रो इलेक्ट्रिक परियोजना (२३.५ मेगावाट )
  • सिसा खोला ए हाइड्रो इलेक्ट्रिक परियोजना (२.५ मेगावाट)
बेभरेज
  • हाइल्याण्ड डिष्टिलरी
वितरण
  • प्राइम इण्टरनेशनल (कन्फेक्शनरी, लिकर, बियर, डिटरजेण्ट)
सूचना प्रविधि
  • अर्हन्त सोलुशन, लिङ्क प्लस इन्फोप्लस, लिङ्क ट्री, इनफोकम अनलाइन, आईसीटीसी कम्युनिकेशन
सेवा उद्योग
  • तारागाउँ रिजेन्सी (हायात होटल)
इन्स्योरन्स
  • प्रिमियर इन्स्योरेन्स कम्पनी
रियल इस्टेट
  • आईसीटीसी रियल इस्टेट
लगानी योजना
  • हायात रिजेन्सीमा १ सय ५० कोठा थप
  • चिनियाँ पर्यटक लक्षित चारतारे होटल निर्माण
  • १ हजार कार पार्किङ गर्न मिल्ने अन्तरराष्ट्रियस्तरको प्रदर्शनीस्थल निर्माण
  • तारागाउँ भिलेज परियोजना
  • माथिल्लो कर्णाली परियोजना (नेपाल सरकार र भारतीय कम्पनी जीएमआरसँगको सहकार्यमा)
  • पश्चिम सेती (नेपाल सरकार र चिनियाँ कम्पनी थ्री गर्र्जेजसँगको सहकार्यमा)
लगानीका मुख्य क्षेत्रहरु
  • सेवा उद्योग (होटल)
  • इजिनीयरिङ तथा कन्ष्ट्रक्शन
  • ऊर्जा
  • बेभरेज तथा उपभोग्य वस्तु
  • सूचना तथा सञ्चार प्रविधि सेवा
  • इन्स्योरेन्स तथा फाइनान्स
  • आवास तथा घरजग्गा
वार्षिक कारोबार
  • १.६ अर्ब होटल
  • १.५ अर्ब इन्स्योरेन्स
  • ३.५ अर्ब मदिरा व्यवसाय
  • ७०० करोड सोलु जलविद्युत् (सञ्चालनमा आएपछि अपेक्षित)
  • ७५.८ करोड प्राइम इण्टरनेशनल
रोजगार
  • १ हजार

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।