[caption id="attachment_258785" align="alignright" width="200"]

देवीप्रकाश भट्टचन,
अध्यक्ष
प्रभु समूह[/caption]
प्रभु समूहले बैङ्क तथा विप्रेषण आप्रवाहसम्बन्धी कारोबार थालेको धेरै समय भएको छैन । तर पनि यो नेपालको वित्त तथा विप्रेषण बजारको पर्यायजस्तै भएको छ । वित्तीय बजारमा प्रभु समूहलाई एक विशिष्ट पहिचान भएको ब्राण्डका रूपमा हेर्ने गरिएको छ ।
पछिल्ला १० वर्षदेखि समूहले निरन्तर विश्वका विभिन्न स्थानमा रहेका नेपाली कामदारले आर्जन गरेको विप्रेषण नेपाल भित्र्याउने र कामदारका परिवारलाई तत्काल भुक्तानी दिने गरिरहेको छ । अहिले यो समूह बैङ्क, विप्रेषण, बीमा र टेरेस्टेरियल टेलिभिजनमा लगानी बढाउने योजनामा केन्द्रित छ । यसका लागि उसले प्रभु टीभी सञ्चालनमा ल्याएको छ । समूहले पाँच हेलिकोप्टर थपेर हवाई सेवा विस्तार गरेको छ । यसअघि समूहसँग दुई हेलिकोप्टर थिए ।
समूहमा विभिन्न क्षेत्रका १९ कम्पनी आबद्ध छन् । समूहको प्रभु बैङ्कले मात्रै आर्थिक वर्ष २०७३/७४ मा रू. १ अर्ब ५९ करोड खुद नाफा गरेको थियो । समूहले २ हजार ५ सयभन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिएको छ ।
समूहमा सूचना तथा प्रविधि क्षेत्रका दुई कम्पनी, तीन बैङ्क र दुई बीमा कम्पनी आबद्ध छन् । त्यसैगरी समूहले एउटा ऊर्जा आयोजना, दुईओटा हवाई सेवा प्रदायक कम्पनी र चारओटा अनलाइन कम्पनी पनि सञ्चालन गर्दै आएको छ । क्रिएशन सफ्ट नेपाल र दुईओटा टेलिभिजन सेवाप्रदायक पनि समूहअन्तर्गत नै छन् ।
समूहको प्रभु बैङ्कले ‘जहाँ–जहाँ नेपाली, त्यहाँ–त्यहाँ प्रभु’ नारा बनाएर ग्राहकलाई निरन्तर सेवा दिँदै आएको छ । यसले देशभरका २५ हजारभन्दा बढी बैङ्क, एजेण्ट तथा सहकारीमार्फत सीधा भुक्तानी दिन्छ । समूहले प्रभु बैङ्क, प्रभु इन्स्योरेन्स, प्रभु मनी ट्रान्सफर, प्रभु को–अपरेटिभ सर्भिसलगायत संस्थामार्फत वित्तीय सेवा दिँदै आएको छ ।
प्रभु समूहको इतिहास

सन् १९९० मा प्रभु ट्राभल्स नामको ट्राभल एजेन्सीबाट व्यावसायिक यात्रा आरम्भ गरेको प्रभु समूह समय–क्रमसँगै स्थापित ब्राण्डको रूपमा दरिएको हो । व्यावसायिक यात्रा शुरू भएको ३ दशकभित्रै समूहलाई अहिलेको समृद्ध स्थानसम्म ल्याउन समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले महत्त्वपूर्ण योगदान दिएका छन् ।समूहले सन् २००१ मा प्रभु फाइनान्स र प्रभु इन्भेष्टमेण्ट कम्पनी स्थापना गरेको थियो । प्रभु फाइनान्सपछि प्रभु डेभलपमेण्ट बैङ्क भएपछि नेपाली बजारमा यो समूहले ख्याति प्राप्त गर्यो । त्यसपछि प्रभु डेभलपमेण्ट बैङ्क क्रमशः किष्ट बैङ्क, गौरीशङ्कर डेभलपमेण्ट बैङ्क र जेनिथ फाइनान्ससँग मर्जर भएर ‘क’ वर्गको प्रभु बैङ्क बनेको थियो । सो वाणिज्य बैङ्कबाट वित्तीय कारोबार गरेसँगै समूहको व्यवसाय विस्तार भएको हो ।प्रविधि क्षेत्रमा लगानी बढाउँदै व्यवसाय विस्तार गर्ने योजनाअनुरूप समूहले सन् २०१४ मा प्रभु टेक्नोलोजीको स्थापना ग¥यो । यो कम्पनी नेपाल राष्ट्र बैङ्कबाट मोबाइलमार्फत भुक्तानी (मोबाइल पेमेण्ट)दिन लाइसेन्स पाउने पहिलो कम्पनी थियो ।समूहले सन् २०१५ मा मुक्तिनाथ एयरलाइन्सको ५५ प्रतिशत शेयर पायो र त्यसलाई प्रभु हेलिकोप्टर्स कम्पनीमा परिणत गरेर हवाई सेवाप्रदायकको रूपमा सञ्चालन गर्यो ।सन् २०१६ मा यो समूहले ग्रोमोर मर्चेण्ट बैङ्क लियो र प्रभु क्यापिटलको नामबाट कारोबार थाल्यो । त्यसैगरी सन् २०१७ मा समूहले प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको स्थापना गर्यो ।समूहले सन् २००२ देखि प्रभु मनी ट्रान्सफरमार्फत विप्रेषण सेवा दिन थालेको हो । उसले दूरसञ्चार सेवाप्रदायक टेलिनोर समूहसँगको साझेदारीमा सन् २००७ देखि मलेशियाकेन्द्रित विप्रेषण सेवा दिएको थियो । समूहले सो सेवालाई अहिले अमेरिका लक्षित गरेको छ, जसलाई समूहका प्रमुख कार्यकारी अधिकृत शिक्षा भट्टचन नेतृत्व गर्छिन् ।
प्रभु समूहको प्रमुख व्यवसाय
प्रभु बैङ्क
विभिन्न आठओटा वित्तीय कम्पनी आपसमा गाभिएर समूहअन्तर्गतको एकमात्र वाणिज्य बैङ्क प्रभु स्थापना भएको हो । यो बैङ्कले गुणस्तरीय वित्तीय सेवा दिएर राम्रो नाफा आर्जन गर्दै आएको छ । समस्यामा परेको किष्ट बैङ्कलाई प्रभु विकास बैङ्कसँग गाभेर बैङ्कको नेतृत्व लिएको समूहले ग्राण्ड बैङ्कलाई पनि प्राप्ति गरेको छ । किष्ट बैङ्कमा सर्वसाधारणको डुब्दै गरेको रकम सुरक्षित गरेको जश पनि प्रभु बैङ्कले पाएको छ । बैङ्कले मर्जरपछिको छोटो अवधिमै आफूलाई राम्रो नाफामा लगेको छ, जसले बैङ्कप्रति आम ग्राहकको विश्वास बढेको छ । बैङ्कको सञ्चालक समिति अध्यक्ष देवीप्रकाश भट्टचन र मुख्य कार्यकारी अधिकृत अशोक शेरचन छन् ।
प्रभु क्यापिटल लिमिटेड
समूहले ग्रोमोर मर्चेण्ट बैङ्कलाई खरीद गरी प्रभु क्यापिटल लिमिटेडका रूपमा सञ्चालन गरेको छ । यसले पहिले शेयर निष्कासनकर्ता र पोर्टफोलियो म्यानेजमेण्ट सेवाका लागि अनुमति पाएको थियो । पछि अण्डरराइटिङको पनि स्वीकृति पाएको छ । प्रभु क्यापिटलका मुख्य प्रवर्द्धकमा ११ ओटा विकास बैङ्क, ६ ओटा वाणिज्य बैङ्क, एउटा फाइनान्स, दुईओटा निजी कम्पनी र ३७ ओटा व्यक्तिगत कम्पनी छन् ।

बीमा सेवा
समूह जीवन र निर्जीवन दुवै बीमा व्यवसायमा संलग्न छ । समूहको जीवन बीमा प्रभु लाइफ इन्स्योरेन्स र निर्जीवन बीमा प्रभु इन्स्योरेन्स लिमिटेडमार्फत प्रदान हुने गरेको छ । प्रभु लाइफ २०७४ मङ्सिर २८ देखि सञ्चालनमा आएको हो । समूहको निर्जीवन बीमा कम्पनी प्रभु इन्स्योरेन्स भने २०५३ सालदेखि सञ्चालनमा छ । जीवन बीमामा अमूल्य, समृद्धि, वैभव र समृद्ध (बच्चाका) स्कीम बजारमा छन् भने निर्जीवनतर्फ अग्नि बीमा, मोटर बीमा, सामुद्रिक बीमा, व्यक्तिगत दुर्घटना बीमा, यातायात बीमालगायत १६ भन्दा बढी योजना छन् ।
प्रभु मनी ट्रान्सफर
प्रभु मनी ट्रान्सफर अमेरिकाका टेक्सास, फ्लोरिडा, न्यूयोर्क, पुर्टाेरिको, जर्जिया, पेन्सिल्भेनियालगायत शहरका बैङ्कबाट विप्रेषण नेपाल ल्याउने वैधानिक संयन्त्र हो । विप्रेषण कारोबारका लागि नै न्यूयोर्कमा प्रभु बैङ्कका ७ शाखा छन् । यसले दक्षिण तथा पूर्वी एशियाली देश, मलेशिया, यूएई, कतार, बङ्गलादेश, भारत र पाकिस्तानबाट पनि विप्रेषण भित्र्याउने सुविधा दिन्छ ।
समूहले उपलब्ध गराउने सेवा
सहकारी सेवा
समूहले सहकारीको विकास, पहुँच र त्यसले निर्वाह गर्न सक्ने सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर प्रभु को–अपरेटिभ स्थापना गरेको हो । यसमार्फत समूहलाई व्यवसाय विस्तारमा थप सहयोग मिलेको छ । सहकारीले डेबिट कार्डको पहुँच सर्वसाधारणसम्म पुर्यारएर प्रभुडटकममार्फत समूहका सदस्यलाई आधुनीक सुविधा प्रयोग गर्न सक्ने व्यवस्था गरेको छ । कार्ड मार्फत समूहले सहकारीका सबै सदस्यलाई यो सुविधा दिँदै आएको छ ।
एकीकृत सेवा
समूहका छरिएका व्यवसायलाई एउटै छाता मुनिबाट सञ्चालन र व्यवस्थापन गर्न २०६९ असोज १० गते प्रभु म्यानेजमेण्ट स्थापना गरिएको हो । यसले आफ्नो सञ्जालमा रहेका सबै राष्ट्रिय तथा अन्तरराष्ट्रिय विप्रेषण सेवा प्रदायकबाट रकम प्राप्त गर्ने सुविधा दिन्छ ।
मोबाइल भुक्तानी सेवा
समूहले आफ्नो व्यवसायमा आबद्ध सबै ग्राहकलाई मोबाइल भुक्तानी सेवा पनि दिएको छ । समूहको मोबाइल बैङ्किङ कारोबारको रकम नेपाल टेलिकम र एनसेलको नेटवर्क मार्फत भुक्तानी हुन्छ ।
नगद भुक्तानी
समूह मुख्यगरी विप्रेषण सेवाका लागि प्रसिद्ध छ । यसले विप्रेषणको तत्काल भुक्तानी, सहकारीको खातामा रकम हस्तान्तरण, एकै पटक विभिन्न स्थानबाट भुक्तानी लिनसक्ने सुविधा दिन्छ ।
अन्य विद्युतीय भुक्तानी
समूहले डिस होम र एडीएसएलको बिलको इलेक्ट्रोनिक भुक्तानी, बस तथा हवाई टिकटको डिजिटल बूकिङ, सुबिसु र वल्र्डलिङ्क जस्ता इण्टरनेट सेवाप्रदायकको बिल भुक्तानीलगायत सेवा पनि दिँदै आएको छ । त्यसैगरी बीमाको प्रिमियम सङ्कलन र नेपाल विद्युत् प्राधिकरणको महशुल पनि विद्युतीय उपकरणबाटै भुक्तानी गर्न सकिने सुविधा दिएको छ ।
अन्य सेवा
समूहले प्रभु म्यानेजमेण्टमार्फत सहकारीको लेखा राख्ने प्रणाली विकास गर्न ‘प्रभु को–अपरेटिभ सोलुशन तथा को–अपरेटिभ सफ्टवेयर’ निःशुल्क प्रदान गर्दै आएको छ । सफ्टवेयर बनाउन समूहको अलग्गै कम्पनी छ ।
प्रभु समूहको क्षेत्रगत उपस्थिति
सूचना तथा प्रविधि
- प्रभु टेक्नोलोजी
- इन्फिकेयर
बैङ्क
- प्रभु बैङ्क
- प्रभु क्यापिटल
- प्रभु को–अपरेटिभ
बीमा
- प्रभु इन्स्योरेन्स
- प्रभु लाइफ इन्स्योरेन्स
विप्रेषण
- प्रभु मनी ट्रान्सफर
- प्रभु ग्रूप इन्कर्पोरेटेड
ऊर्जा
हवाई सेवा
- प्रभु हेलिकोप्टर्स
- सिम्रिक एयरलाइन
अनलाइन
- प्रभु बिलिङ
- बससेवा, एससीटी एनपे
- नेफ्लाइट्स
- ई–पे सिष्टम, आई–पे, पे–पोइण्ट
प्रसारण माध्यम
अन्य
वार्षिक कारोबार
- आव २०७३/७४ मा प्रभु बैङ्कको १ अर्ब ५९ करोड खुद नाफा
रोजगार
- २५ सय भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।