- सीआरटी तथा प्लाज्मा कम्प्युटर मोनिटरहरूमा फोसफोर बर्नबाट जोगाउन केको आविष्कार गरिएको थियो ?
स्क्रिन सेभर
- सन् २०१२ मा इण्टरनेटमा सर्वाधिक प्रयोग भएको टर्म कुन हो ?
ह्यासट्याग ९३०
- सन् २००८ मा टाइम पर्सन अफ दि इयरको उपाधि कसलाई प्रदान गरिएको थियो ?
यू (इण्टरनेटको प्रयोग तथा यसको प्रवर्द्धनमा सहयोग पुर्याउने करोडौं मानिसलाई सङ्केत गर्दै)
- ह्याकिङ ज्ञानको प्रयोग गरी कार्यक्षेत्रहरूको सुरक्षा मजबुत बनाउन सहयोग गर्ने कम्प्युटर सुरक्षा विशेषज्ञलाई केको संज्ञा दिने गरिएको छ ?
ह्वाइट ह्याट ह्याकर
- ट्रु टाइप डिजिटल फण्ट फोरम्याट कुन कम्पनीले डिजाइन गरेको हो ?
एप्पल
- डेस्च्युट्स, यामाहिल, टुआल्याटिन र क्लाकामासजस्ता कोडको विकास कुन कम्पनीले गरेको हो ?
इण्टेल
- भिसिङ भन्नाले के बुझिन्छ ?
भ्वाइस ओभर इण्टरनेट प्रोटोकलमा हुने फिसिङलाई भिसिङ भनिन्छ । छोटकरीमा यसलाई भीओआईपी फिसिङ भन्ने गरिन्छ ।
- साइबर स्क्वाटिङ भनेको के हो ?
कुनै ट्रेडमार्क वा अन्यका नाममा रहेको कम्पनीको परिचयमा हानि पुर्याउने उद्देश्यले तिनको नाममा रजिष्ट्रर गर्नु, नराम्रा विज्ञापन गरी प्रयोगकर्ताको सङ्ख्या बढाउनु तथा डोमेन नेमको प्रयोग गर्नुलाई साइबर स्क्वाटिङ भनिन्छ ।
- सिरी भनेको के हो ?
स्वविवेकको परीक्षण गर्न एप्पलको आईओएसका रूपमा कार्य गर्ने प्रविधि सिरी हो ।
- आईफोनका अनुसार ‘पासबूक’ भन्नाले के बुझिन्छ ?
यो आईओएसको एकप्रकारको एप्लिकेशन हो । यसले कुपन, बोडिङ पास, विभिन्न कार्यक्रमको टिकटलगायत मोबाइल पेमेण्टका प्रकारहरू सञ्चय गर्न सहयोग पुर्याउँछ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।