काठमाडौं अवतरणका क्रममा यति एयरलाइन्सको विमान चिप्लिएर दुर्घटना, सबै यात्रु सकुशल

Share News

भदौ १६, काठमाडौं (अस) । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । नेपालगञ्जबाट ३ जना चालक दलका सदस्य र २१ जना यात्रु बोकेर काठमाडौं आएको यती एयरलाइन्सको ‘जेट स्ट्रीम,९एन-एएचडब्लू’ विमान शनिवार राति अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको यति एयरलाइन्सले जानकारी दिएको छ । कम्पनीका अनुसार शनिवर राति ८ बजेर ३० मिनेटको समयमा दुर्घटना भएको हो । दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ । जहाज दुर्घटना भएपछि केही समय विमानस्थल बन्द गरिएको थियो । चिप्लिएको जहाजलाई प्राधिकरण एवम् एयरलाइन्सका कर्मचारीले सुरक्षित स्थानमा ल्याउन प्रयास गरिरहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।  

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।