काठमाडौं (अस) । डाबर नेपाल र इण्टरनेशनल सेण्टर फर इण्टिग्रेटेड माउण्टेन डेभलपमेण्ट (इसिमोड)बीच सहयोग आदानप्रदानसम्बन्धी सहमति भएको छ । दुई संस्थाबीच आइतवार राष्ट्रिय हितमा आधारित दिगो विकाससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
इसिमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डावरका सार्क बिजनेश हेड एचएस वेदीले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।सहमतिसँगै सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुने बताइएको छ । डाबर र इसिमोडबीचको साझेदारीले उत्तरदायिŒवपूर्ण व्यवसायिक दिगो पर्वतीय विकासमा मद्दत पुग्ने विश्वास गरिएको छ । समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउन सहयोग पुग्ने बताइएको छ ।
डाबर नेपाल र इसिमोडबीच सन् २००२ देखि पारस्परिक सहयोगको क्षेत्रमा आपसी सहकार्य हुँदै आएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।