आईटी क्विज, सोमवार, ७ साउन २०७०

Share News


- केही समयअघि मात्र नेपाली वैज्ञानिकले विश्वकै सबैभन्दा उत्कृष्ट मानिने नासामा काम गर्ने अवसर पाएका छन्, उनको नाम के हो ?
 राजेन्द्र भट्ट

- पहिलो इण्टरनेट सेवाप्रदायक कम्पनी ‘कम्प्युसर्भ’ सन् १९६९ मा स्थापना भएको हो । यो अहिले कसको अधिनमा छ ?
 एओएल (अमेरिका अनलाइन)

- आईबीएम (इण्टरनेशनल बिजनेश मेशिन) निर्माण गर्ने १२ जना वैज्ञानिकलाई एक विशेष उपनाम दिइएको थियो, त्यो उपनाम के हो ?
 ‘दी दर्टी डोजन’

- एनभिडिया जी–फोर ६ हजार ८ सय अल्ट्रा एकप्रकारको चिप हो । यसमा अहिलेसम्मकै सबैभन्दा बढी ट्राञ्जिष्टरको प्रयोग गरिएको छ । यसमा कतिओटा ट्राञ्जिष्टरको प्रयोग गरिएको छ ?
 २ अर्ब २ करोड २० लाख ओटा ट्राञ्जिष्टर

- ‘मिर्‍याकल एन’ इण्टेल प्रोसेसर ८ हजार ८ को प्रयोग गरी बनाइएको पहिलो पर्सनल कम्प्युटर हो । यसको निर्माण सन् १९७२ मा भएको थियो । यो कम्प्युटर कति प्रति विक्री भएको थियो ?
 ९० हजार थान

- पहिलो हार्डडिस्क ड्राइभको निर्माण सिगेटले सन् १९७९ मा गरेको थियो । यसको डाटा क्षमता कति थियो ?
 पाँच एमबी

- गूगलमा पहिले आफ्नो लोगोलाई मध्यभागमा राख्ने चलन थिएन । पहिले पृष्ठको बाहिनेपट्टि लोगो राखिन्थ्यो । गूगलले लोगोको प्रयोग मध्यभागमा कहिलेदेखि गर्न थालेको हो ?
 सन् २००१ मार्च ३१

- नेपालका पहिलो वैज्ञानिक भनेर कसलाई चिनिन्छ ?
 गेहेन्द्रशमशेर

- एफएम हामी सबैले सुन्ने गरेका छौं । यसका आविष्कार कसले गरेका हुन् ?
 एडविन आर्मष्ट्रङ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।