आईटी क्विज, सोमवार, २१ साउन २०७०

Share News

- केवल मोडेम र वायरलेस राउटरबीच सम्पर्क स्थापित गर्न प्रयोग गरिने तारलाई के भनिन्छ ?
 ‘क्याटफाइभ केबल’(यसले इण्टरनेटको प्रयोग गरी विभिन्न कम्प्युटरबीच सम्पर्क स्थापना गर्न सहयोग पुर्‍याउँछ)
 
- कम्प्युटरले बुझ्ने र प्रयोग गर्ने भाषालाई के भिनिन्छ ?
 प्रोग्रामिङ ल्याङ्ग्वेज (यसलाई मेशिनबाट पढिने भाषा भनेर पनि बुझिन्छ)

- क्याथोड रे ट्युब (सीआरटी)को प्रयोग कहाँ हुन्छ ?
 मोनिटरमा (यो कम्प्युटरमा प्रयोग हुने उपकरणमध्ये सबैभन्दा महँगो मानिन्छ)

- ‘विण्डोज एक्सपी’मा एक्सपीको अर्थ के हो ?
 विण्डोज एक्सपेरियन्स

- कागजमा लेखिएको अक्षरको फोटोलाई डिजिटल फाइलमा परिणत गरी कम्प्युटरले पढ्न तथा स्क्यान गरिएका कुरा देखाउन कुन स्क्यानरको प्रयोग गरिन्छ ?
 अप्टिकल स्क्यानर

- हार्डडिस्क ड्राइभले सूचना सञ्चय गर्न कुन प्रविधिको प्रयोग गर्छ ?
 चुम्बकीय (म्याग्नेटिक) प्रविधि

- सबस्क्रिप्ट भन्नाले के बुझिन्छ ?
 अक्षरको आकार सामान्यको तुलनामा सानो बनाउनुलाई सबस्क्रिप्ट भनिन्छ । सबस्क्रिप्ट अक्षरहरू बेसलाइनभन्दा तल बन्ने गर्छन्

- आईआरक्यू भन्नाले के बुझिन्छ ?
 ‘इण्टेरेप्ट रिक्वेष्ट’ (यसले माइक्रो प्रोसेसरलाई अर्को आदेश नपाउन्जेल आफ्नो काम रोक्न सन्देश दिने कार्य गर्छ)

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।