सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षमा धनबहादुर रावत विजयी

Share News
पुस ३, सुर्खेत (अस) । सुर्खेत उद्योग वाणिज्य संघको १२ औं अधिवेशनबाट धनबहादुर रावत अध्यक्षमा विजयी भएका छन् । रावतले आफ्ना निकटतम् प्रतिद्वन्द्वी प्रकाश उप्रेतीलाई १७ मतान्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । सोमवार सम्पन्न निर्वाचनमा रावतले ८ सय १० मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी उप्रेतीको ७ सय ९३ मत आएको थियो । रावत लोकतान्त्रिक व्यवसायी प्यानलबाट अध्यक्ष पदका उम्मेदवार थिए भने उप्रेती संयुक्त व्यवसायी समूहको प्यानलबाट अध्यक्ष पदको उम्मेदवारी दर्ता गराएका थिए । दुई वर्षका लागि भएको नयाँ कार्य समितिको निर्वाचनबाट संघको वरिष्ठ उपाध्यक्षमा हर्ष विक्रम खड्का, वाणिज्य उपाध्यक्षमा दिपेन्द्र ढकाल, उद्योग उपाध्यक्षमा गणेशकुमार बस्नेत, महिला उपाध्यक्षमा कृष्णकुमारी थापा, महासचिवमा लक्ष्मण कँडेल, कोषाध्यक्षमा भद्र भण्डारी र सचिवमा रामप्रसाद पाण्डे विजयी भएका छन् । कार्यसमितिको सदस्यमा रामप्रसाद जैसी (राजु), प्रेमप्रसाद पाण्डे, कपिलमणि सुवेदी, रमेश बराल, जनकबहादुर थापा, हरिकुमार श्रेष्ठ, रामबहादुर गौतम, दिपक खड्का, सिंहराज बम, तेजप्रसाद तिवारी, प्रेमबहादुर रावत र भिमप्रसाद पौडेलले विजयी भएको निर्वाचन समितिले बताएको छ । महिला सदस्यमा टीकाकुमारी कंडेल र लक्ष्मी कार्की विजयी भएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।