माघ ७, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी ‘एस१०’ मोडलका स्मार्टफोनहरु सार्वजनिक गर्दैछ । आगामी महीना आयोजना हुन लागेको ‘अन्प्याक्ड इभेन्ट’मा कम्पनीले पट्याउन मिल्ने फोनको ‘फूल्ली फङ्शनल’ संस्करण पनि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । भर्खरै मात्रै कम्पनीले चाँडै नै सार्वजनिक गर्न लागेका प्रिमियम स्मार्टफोनको तस्वीर बाहिरिएको छ । तस्वीरमा पारदर्शी कभरमा ग्यालेक्सी ‘एस१०’ मोडलका फोनहरु देखाइएको छ । यी फोनहरु ग्यालेक्सी ‘एस१०’, ‘एस१०ई’ र ‘एस१० प्लस’ भएको बताइएको छ । तस्वीर हेर्दा तीन ओटै स्मार्टफोन लगभग उस्तै देखिन्छन् । यद्यपि, यिनीहरुको आकार र क्यामराको सेटअपमा भने थोरै मात्रै हेरफेर छ । फोनहरु एउटै खाले रंगमा आउन सक्ने संकेत पनि तस्वीरले दिएको छ । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।