- विश्वमा पहिलोपटक ब्यानर विज्ञापनको शुरुआत कहिलेबाट भएको हो ?
सन् १९९४
- विश्वको पहिलो कम्प्युटरका आविष्कारक को हुन् ?
कोनराड ज्युस, उनले सन् १९३६ मा जेडवान नामक कम्प्युटरको आविष्कार गरेका थिए ।
- किबोर्डमा अक्षरहरू मिलाएर राखिएको क्रमलाई क्वेर्टी किबोर्ड सिक्वेन्स भनिन्छ । यसको आविष्कार भएको कति वर्ष भयो ?
१ सय ३२ वर्ष
- पहिलो हार्डडिस्क ड्राइभको निर्माण सिगेट कम्पनीले १९७९ मा गरेको थियो ? त्यतिबेला यसको डाटा सञ्चय क्षमता कति थियो ?
५ एमबी
- डोमेन नेम रेजिष्टर गर्ने पहिलो कम्प्युटर कम्पनी कुन हो ?
डिजिटल कम्प्युटर कर्पोरेशन
- विश्वको पहिलो माइक्रो प्रोसेसरको निर्माण कुन कम्पनीले गरेको हो ?
इण्टेल, उक्त प्रोसेसरको नाम ‘फोर थाउजण्ड फोर’ थियो
- विश्वको पहिलो पीसी (पर्सनल कम्प्युटर)को निर्माण सन् १९७२ मा भएको हो । यसको नाम मिर्याकल एन हो ? यो कति थान विक्री भएको थियो ?
९० हजार
- पहिलो इण्टरनेट वर्म (भाइरसजस्तै)ले ६ हजारभन्दा बढी इण्टरनेट वितरकलाई असर पारेको थियो । यसको निर्माण कसले गरेका हुन् ?
रोबर्ट टी मोरिस (जेआर)
- विश्वको पहिलो विद्युतीय बैङ्क भनेर कुन बैङ्कलाई चिनिन्छ ?
फष्ट होल्डिङ्स, ली स्टिनले यसलाई सन् १९९४ मा सञ्चालनमा ल्याएका हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।