अमेरिकामा ट्रक ड्राइभरको अभाव, वार्षिक तलव ८७ हजार डलरसम्म पाइने

Share News
माघ १५, काठमाडौं (अस) । अमेरिका भर अहिले ट्रक चालकहरूको अभाव उत्कर्षमा पुगेको छ । त्यहाँ करीब दुई तिहाई सामान ओसार पसार ट्रकहरूबाटै हुने गरेको छ । पछिल्लो समय उपभोक्ता माग बढेको छ । यसले ट्रक चालकको माग पनि बढाएको छ । अमेरिकामा अहिले बेरोजगारी दर अति न्यून स्तरमा आएको छ । सडकमा ट्रक चलाउने काम चुनौतीपूर्ण हुने भएकोले पनि हत्तपत्त धेरैले यस्तो काममा हात हालि हाल्दैनन् । त्यसैले त्यहाँ ट्रक चालकको अभाव बढेको हो । अमेरिकी ट्रक एशोसिएशनका अनुसार अहिले अमेरिका भर ४८ हजार भन्दा बढी ट्रक चालकको पद रिक्त छ । यस्तोमा घरेलु बुहराष्ट्रिय खुद्रा विक्रेता कम्पनी वालमार्टले भने आपूmलाई आवश्यक सयौं ट्रक चालकहरूको पूर्तिका लागि वार्षिक तलब बढाएको छ । कम्पनीले फेब्रुअरीदेखि लागू हुने गरी ट्रक चालकहरुको वार्षिक तलब बढाएर औसतमा ८७ हजार ५ सय डलरमा पु¥याएको छ । यो अमेरिकी चालकहरुले पाउने औसत तलबको दोब्बर हो । अमेरिकाको श्रम तथ्याङ्क विभागका अनुसार भने अमेरिकाभर अधिकांश ट्र्याक्टर–ट्रेलर ट्रक चालकहरुले औसत ४४ हजार पाँच सय डलर तलब पाइरहेका छन् । ब्यूरोका अनुसार १० प्रतिशत भन्दा कम चालकहरुले मात्रै वार्षिक ६४ हजार डलरभन्दा बढी कमाइरहेका छन् । गत वर्ष पनि वालमार्टले १ हजार ४ सयभन्दा बढी नयाँ चालकहरु भर्ती गरेको थियो । सन् २०१८ मा कम्पनीको विक्री ३ प्रतिशतले बढेको थियो । उपभोक्ता माग बढेसँगै यस वर्ष पनि कम्पनीलाई ठूलो संख्यामा चालकहरुको खाँचो छ । यस्तोमा कम्पनीले चालकहरुलाई भर्ती भएको पहिलो वर्ष तीन हप्ताको तलबी बिदा, सुरक्षित ट्रक चलाएबापत त्रैमासिक बोनसलगायत अन्य सेवा सुविधाहरु पनि दिनेछ । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।