- कम्प्युटरले बुझ्ने तथा प्रयोग गर्ने भाषा कुन हो ?
मेशिन लेभल ल्याङ्ग्वेज
- केबल मोडेमलाई वायरलेस राउटरस“ग जोड्न कुन तारको प्रयोग गरिन्छ ?
आरजे–११ केबल
- एउटा औसत सीडीमा कति क्षमता खाली हुन्छ ?
औसत ६ सय ५० एमबी
- फेसबूकमा युवाहरूमाझ एलओएल शब्द अत्यधिक प्रयोग हुने गरेको छ । यसको पूर्ण अर्थ के हो ?
लाफिङ आउट लाउड (ठूलो स्वरमा हाँस्नु)
- एप्पल आईको विकास कसले गरेका हुन् ?
एप्पल आईको विकास गर्ने श्रेय स्टिभ वोजनियकलाई जान्छ । उनले स्टिभ जब्ससँग सहकार्य गर्दै यसको विकास गरेका हुन्
- विश्वको पहिलो ई–मेल कहिले प्रेषित गरिएको थियो ?
विश्वको पहिलो ई–मेल रे टोम्लिन्सनले सन् १९७१ मा पठाएका थिए
- इण्टेल कर्पोरेशनका वास्तविक संस्थापक को हुन् ?
रोबर्ट नोयसका साथमा गोर्डन मोरले इण्टेल कर्पोरेशनको स्थापना गरेका हुन् । गोर्डन मूर ‘मूर्स ल’का लागि परिचित छन्
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।