फागुन ९, सन फ्रान्सिस्को (अमेरिका) । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले बुधवार फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने अपेक्षा छ । कम्पनीले लामो समयको प्रतीक्षापछि यो स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।
बुधवार सामसुङले एक कार्यक्रमको आयोजना गर्दैछ । यो कार्यक्रममा उसले ग्यालेक्सी १० स्मार्टफोन पनि सार्वजनिक गर्नेछ । सार्वजनिक हुनुभन्दा पहिला नै कम्पनीको स्मार्टफोनबारे केही जानकारीहरू चुहिएका छन् । सामसुङको ग्यालेक्सी उत्पादन आएको १०औं वर्षको अवसरमा कम्पनीले उक्त स्मार्टफोन ल्याउन लागेको हो ।
सामसुङले ल्याउन लागेको फोल्डेबल स्मार्टफोन ट्याबलेट आकारको रहने र त्यसलाई फोल्ड गरेर स्मार्टफोनको आकारमा राख्न सकिने जानकारी सार्वजनिक भएका छन् । लामो समयदेखि सामसुङले फोल्डेबल स्मार्टफोनका लागि काम गरिरहेको थियो । विश्वका प्रमुख स्मार्टफोन निर्माता कम्पनीले पनि अहिले फोल्डेबल स्मार्टफोनका लागि तयारी शुरू गरेका छन् । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।