सबैभन्दा छिटो गुड्ने विद्युतीय कार सार्वजनिक

Share News
जेनेभा (स्वीट्जरल्यान्ड) । जर्मन कार निर्माता कम्पनी अटोमोबिली पिनिन्फरिनाले सबैभन्दा उच्च गतिको बाटिस्टा कार सार्वजनिक गरेको छ । कम्पनीले यो पूर्ण विद्युतीय कार भएको बताएको छ । स्वीट्जरल्यान्डमा भएको जेनेभा मोटर शोमा कम्पनीले यो कार सार्वजनिक गरेको हो । कम्पनीले दाबी गरेअनुसार यो कार २ सेकेण्डभित्र ०–६२ माइल प्रतिघण्टाको गतिमा गुड्न सक्छ भने १२ सेकेण्डभित्र यसको गति १ सय ८६ माइल प्रतिघण्टा पुग्न सक्छ । यो कारको गति २ सय ५० माइल प्रतिघण्टासम्म रहने कम्पनीको दाबी छ । एकपटक पूरा चार्ज गरेपछि यो कार २ सय ८० माइल दौडिन सक्छ । यो कार आगामी वर्षदेखि बजारमा उपलब्ध हुनेछ । यसको मूल्य २० लाख यूरो तोकिएको छ । सन् २०१५ मा भारतीय कम्पनी महिन्द्रा ग्रूपले पिनिन्फरिनाको अधिकांश शेयर खरीद गरेको थियो । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।