आईटी क्विज, सोमवार, १४ असोज २०७०

Share News

- कम्प्युटरलाई काम गर्न सहयोग पुर्‍याउने सफ्टवेयरलाई के भनिन्छ ?
 सिष्टम सफ्टवेयर

- कम्प्युटरको प्राथमिक इनपुट डिभाइसका रूपमा कुन उपकरणलाई लिइन्छ ?
 की–बोर्ड

- कम्प्युटरको भाषामा हार्डवेयर भन्नाले के बुझिन्छ ?
 भौतिक रूपमा छुन सकिने कम्प्युटरका भाग

- सर्च इञ्जिन भनेको के हो ?
 प्रयोगकर्ताले निर्धारण गरेका विषयमा आधारित भएर अनलाइन डाटाबेस माध्यमबाट वेबपेज खोज्न प्रयोग गरिने टुल नै सर्च इञ्जिन हो

- सोनी कम्पनीका संस्थापक कोको हुन् ?
 आकियो मोरिटा र मासारु इबुका

- यस वर्ष भारतको सबैभन्दा खतरनाक साइबर सेलिबे्रटी को हुन् ?
 नायिका प्रियङ्का चोपडा

- आईएलएमको पूर्ण अर्थ के हो ?
 इन्फर्मेशन लाइफसाइकल म्यानेजमेण्ट

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।