उद्योग र पर्यटनका क्षेत्रमा सहकार्य जरुरी

Share News
चैत ६, पाल्पा । उद्योग र पर्यटनका क्षेत्रमा उद्योग वाणिज्य संघहरुवीच सहकार्य गरी काम गर्न जरुरी रहेकोे सरोकारवाला पक्षको जोड छ । पाल्पा र नवलपरासीका उद्योग वाणिज्य संघका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रममा सहयोग र समन्वय भएका पाल्पा र नवलपरासीलाई धार्मिक, पर्यटन, सडक र उद्योग तथा व्यापारमा सहकार्य हुनुपर्नेमा सहभागीहरूको जोड थियो । पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले पाल्पामा प्रशस्त धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यस्थल रहेको बताए । उनले पाल्पालाई बुद्ध सर्किटसँग जोड्न सकेमा पर्यटकीय दृष्टिकोणले राम्रो हुने बताए । संघका पूर्वध्यक्ष चकोरमान शाक्यले नवलपरासी उद्योग वाणिज्य सङ्घले विगतमा पनि पाल्पा उद्योग वाणिज्य संघलाई सहयोग गरेको र अगामी दिनमा पनि सहकार्य गरी अघि बढ्नुपर्ने बताए । पाल्पा ऐतिहासिक जिल्ला रहेकाले यसको प्रचार दुई जिल्लाको उद्योग व्यवसायीबाट हुनुपर्ने उनको भनाइ थियो । नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले महेशपुर नाका मूल भन्सार नाकामा परिणत भएसँगै नवलपरासी र पाल्पालाई उद्योग प्रवर्द्धन र विकासका साथै पर्यटकीय तथा धर्मिक दृष्टिकोणले जोड्न सकेमा मात्र दुवैलाई फाइदा पुग्ने बताए । रासस

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।