आईटी क्विज, सोमवार, २१ असोज २०७०

Share News

- हालै मात्र विश्वको सबैभन्दा ‘भ्यालुएबल ब्राण्ड’को उपाधि पाएको आईटी कम्पनीको नाम के हो ?
       एप्पल (यो कम्पनीले विगत १३ वर्षदेखि पहिलो नम्बरमा रहेको कोकाकोलालाई पछि पारेको थियो ।

- टेलिटक प्रालिले हालै नेपाली बजारमा सार्वजनिक गरेको नयाँ सिरिजको स्मार्टफोनको नाम के हो ?
    पर्ल ब्ल्याक सिरिज (यो सिरिजअन्तर्गत कम्पनीले केवन एमोलेड र केटू फुल एचडी मोडलका मोबाइल सार्वजनिक गरेको थियो ।

- यो वर्षको सफ्टवेयर फ्रिडम डे कहिले मनाइएको थियो ?
    सेप्टेम्बर २१ (सन् २००४ देखि प्रत्येक वर्ष मनाइने यो दिवसको शुरुआत सफ्टवेयर फ्रिडम इण्टरनेशनलले गरेको थियो ।

- स्मार्टफोन निर्माण कम्पनी नोकियाले सबैभन्दा पछिल्लोपटक सार्वजनिक गरेको स्मार्टफोनको नाम के हो ?
    नोकिया लुमिया १०२०

- नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन नेपाल सरकारले कहिले अनुमति दिएको थियो ?
    विसं २०७० असोज १७

- सामाजिक सञ्जाल ट्वीटरले कहिलेदेखि शेयर बजारमा आईपीओ जारी गर्‍यो ?
    सन् २०१३ अक्टोबर ४

- दक्षिण एशियाली उपक्षेत्रीय सूचना राजमार्ग (सासेक)अन्तर्गत कति किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइँदै छ ?
    कुल १ सय ७० किमी (परियोजनाअन्तर्गत धुलिखेलदेखि ढल्केबर (१ सय किमी) र नेपालथोकदेखि सिन्धुलीमाढी (७०) सडकखण्डमा फाइबर बिछ्याइनेछ ।

- विश्वव्यापी रूपमा इण्टरनेटमा निःशुल्क उपलब्ध विकिपेडिया इन्साइक्लोपेडिया कसले निर्माण गरेका हुन् ?
    वार्ड कुनिङ्घम (कुनिङ्घम एकजना अमेरिकी कम्प्युटर प्रोग्रामर हुन् । उनले सन् १९८४ मा विकी नामको वेबसाइट इन्साइक्लोपेडिया निर्माण गरेका थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।