ट्वीटरसम्बन्धी रोचक तथ्य , सोमवार, ४ कात्तिक, २०७०

Share News

- सामाजिक सञ्जाल ट्वीटर निर्माणको समयमा यसको कुनै विशेष योजना थिएन । ओडियो नामक परियोजना निर्माणको क्रममा सफ्टवेयर इञ्जिनीयर ज्याक डोर्स नोह ग्लास र बीज स्टोनले यसको निर्माण गरेका थिए । मोबाइलको एउटा एसएमएसमा प्रयोग गरिने अक्षरको सङ्ख्याजस्तै यसमा १ सय ४० ओटा शब्दको मात्र प्रयोग गर्न सकिने किसिमले निर्माण गरिएको थियो । मोबाइलबाटै सजिलै ट्वीट गर्न सकियोस् भन्ने उद्देश्यले १ सय ४० शब्दको प्रयोग गरिएको हो ।

- सबैभन्दा पहिलोपटक ट्वीट गर्ने व्यक्ति यसका सहसंस्थापक ज्याक डोर्स हुन् । उनले सन् २००६ मार्च २१ मा पहिलोपटक ट्वीट गरेका थिए । पहिलो ट्वीटमा उनले लेखेका थिए, ‘जष्ट सेटिङ अप माई ट्वीटर’ अर्थात् भर्खरै मेरो ट्वीटर निर्माणको मेरो पूरा भएको छ ।

- ट्वीटरले सन् २००८ मा खरीदका लागि अर्को सामाजिक सञ्जाल फेसबूकले राखेको प्रस्ताव अस्वीकार गरेको थियो । त्यतिबेला फेसबूकले ५० करोड डलरमा ट्वीटर खरीद गर्ने प्रस्ताव राखेको थियो ।

- सन् २००९ को मेमा अन्तरिक्षयात्री माइक म्यासिनिमोले अन्तरिक्षबाट पहिलोपटक ट्वीट गरेका थिए ।

- सन् २०११ को डिसेम्बरमा साउदी अरबका युवराज अल्वालिद विन तलालले ट्वीटरको ३० करोड डलरबराबरको शेयर खरीद गरेको थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।