चैत २५, काठमाडौं (अस) । मलेसियामा कामदारहरु चढेको एउटा बस दुर्घटनाग्रस्त हुँदा चालकसहित ११ जनाको मृत्यु भएको छ । मलेसियाको सेपाङमा आइतवार राती ४३ जना विदेशी कामदारलाई कारखाना पु¥याउँदै गरेको बस दुर्घटना भएको थियो । दुर्घटना स्थलमा चालकसहित ८ विदेशी कामदारको मृत्यु भएको भन्दै विभिन्न सञ्चार माध्यमहरुले समाचार छापेका छन् । पुत्रजया अस्पतालमा उपचारका क्रममा रामु चौधरी र जगरनाथ सिंह दनुवार नाम गरेका २ नेपालीको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा बंगलादेश, म्यानमार र मलेशियाली नागरिक पनि छन् । दुर्घटनामा ३३ जना घाइते भएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।