श्रीलंका आक्रमण : आईएसले लियो जिम्मेवारी

Share News
कोलम्बो (श्रीलंका) । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) ले श्रीलंका आक्रमणको जिम्मेवारी लिएको छ । मंगलवार आईएसले अमाक न्यूज एजेन्सीको माध्यमबाट उक्त आक्रमणको दाबी गरेको हो । तर, उसले यो आक्रमणको कुनै पुष्टि भने दिएको छैन । श्रीलंकाको चर्च तथा होटलमा गराइएको आत्मघाती विष्फोटमा परी मृत्यु हुनेको संख्या ३२० नाघेको छ । यसैबीच सीसीटीभी फुटेजमा एक आत्मघाती संदिग्ध व्यक्ति चर्चमा प्रवेश गर्दै गरेको देखिएको छ । आईएसले जारी गरेको वक्तव्यमा श्रीलंकामा आक्रमण गर्ने आफ्ना लडाकु रहेको उल्लेख गरिएको छ । उसले आईएसविरुद्धको गठबन्धनलाई लक्षित गरी सो आक्रमण गराइएको दाबी गरेको छ । श्रीलंकाका रक्षामन्त्री रुवान विजयवर्धनेले न्यूजिल्यान्डमा केही समयअघि भएको आक्रमणको बदलाका लागि यो आक्रमण गराइएको बताएका छन् । न्यूजिल्यान्डमा गत मार्चमा प्रार्थना गरिरहेका मुस्लिमहरूमाथि भएको आक्रमणमा ५० जनाको ज्यान गएको थियो । तर, उनले पनि दाबी पुष्टि गर्ने प्रमाण भने दिएका छैनन् । श्रीलंकामा अझै पनि खतरा नटरेको बताइएको छ । सोमवार मात्रै श्रीलंकाको एउटा चर्चनजीकै आक्रमण भएको थियो । साथै, ठूलो संख्यामा हतियार बरामद भएका थिए । एजेन्सी

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।