वाशिङ्टन डीसी (अमेरिका) । अमेरिकाले सवारीसाधनको एयरब्यागबारे अनुसन्धान बढाउने भएको छ । नेशनल हाइवे सेफ्टी एडमिनिस्ट्रेशनले मंगलवार १ करोड २३ लाख सवारीसाधनमा एयरब्यागबारे अनुसन्धान बढाइने बताएको हो ।
दुर्घटना हुँदा एयरब्याग नखुल्ने समस्या देखिएको बताइएको छ । यो समस्याका कारण अहिलेसम्म ८ जनाको ज्यान गएको छ ।
टोयोटा, होन्डा, किया, ह्युन्दे, मित्सुबिसी र फियाट क्राइस्लरका सन् २०१० देखि २०१९ सम्म बनाइएका कारमा अनुसन्धान शुरू गर्न लागिएको छ । अमेरिकामा सन् २०१८ मा एयरब्यागबारे पहिलोपटक अनुसन्धान शुरू गरिएको थियो । गत वर्ष यो समस्याका कारण टोयोटाका कारमा दुई दुर्घटनामा दुईजना घाइते हुनुका साथै एकको ज्यान गएको थियो । एजेन्सी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।