त्रिपुरा सुन्दरीको पुनर्निर्माण अन्तिम चरणमा

Share News
दोलखा (अस) । दोलखा बजारमा रहेको त्रिपुरा सुन्दरी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पले ध्वस्त भएको यो मन्दिर २०७३ चैतदेखि पुनर्निर्माण शुरू भएको थियो । चालू आर्थिक वर्षको असार मसान्त अगावै मन्दिर निर्माण सकी हस्तान्तरण गरिने ठेकेदार कम्पनी तुल्सी कन्स्ट्रक्शनका साइट इन्जिनीयर चिराग प्रधानले बताए । उनका अनुसार मन्दिर अब फिनिसिङको क्रममा रहेको छ । तलेजु मन्दिरको निर्माण भने सम्पन्न भइसकेको छ । त्रिपुरा सुन्दरी देखि तलेजु सम्म पुग्ने बाटोमा ढुङ्गा छाप्ने काममा भने कन्सल्ट्यान्टले लाइन दिन ढिला गरेको कारण केही सुस्त भएको उनले बताए । त्रिपुरा सुन्दरी तथा तलेजु मन्दिरको गारोमा सिमेन्टको प्रयोग नगरी ढुंगा जोडाइमा चुना सुर्की प्रयोग गरिएको छ । मन्दिर निर्माणको लागन रू. ७ करोड ७ लाख अनुमान गरिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।