अण्डा उत्पादक संघमा तालाबन्दी

Share News
चितवन (अस) । चितवनका अण्डा उत्पादक किसानहरूले बिहीवार नारायणगढमा रहेको नेपाल अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । संघले अण्डाको मूल्य अस्वाभाविक रूपमा घटाएको भन्दै उनीहरूले तालाबन्दी गरेका हुन् । उनीहरूले संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलको कार्यकक्षमा तोडफोड समेत गरेका छन् । बिचौलियाको साँठगाँठमा उत्पादक संघ लागेको किसानको आरोप छ । अण्डाको लागत मूल्य पनि नउठ्ने भएपछि आन्दोलनको विकल्प नभएको उनीहरूले बताए । विभिन्न प्लेकार्डसहित उनीहरूले भरतपुरको लायन्सचोकबाट पुलचोक हुँदै संघको केन्द्रीय कार्यालयसम्म विरोध प्रदर्शन गरेका थिए । अण्डा उत्पादक किसान समूहका अध्यक्ष राजकुमार श्रेष्ठले बिचौलियाको चलखेल अन्त्य गर्न र अण्डाको मूल्य बढाउन माग गरे । आफ्नो माग सुनुवाइ नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन् । आन्दोलनमा २ सयभन्दा बढी किसान सहभागी थिए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।