आईटी क्विज, सोमवार, २५ कात्तिक २०७०

Share News

- नेपालमा सूचना तथा सञ्चार मन्त्रालय (मिनिष्ट्री अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन)को स्थापना कहिले भएको थियो ?
    विसं २०४९ (हुलाक सेवा, दूर सञ्चार सेवा, प्रसारण, पत्रकारिता र चलचित्रको विकास गर्नेलगायत उद्देश्यले यसको स्थापना गरिएको थियो ।)

- नेपालका पहिलो वैज्ञानिक भनेर कसलाई चिनिन्छ ?
    गेहेन्द्र शमशेर
- एनएएसटी (नाष्ट)को पूरा रूप के हो ?
    नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नेपाल विज्ञान प्रविधि प्रतिष्ठान)

- कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केबलकार कुन प्रविधिमा आधारित  छ ?
    गोण्डोला लिफ्ट प्रविधि

- नेपालमा प्रयोग भएको पहिलो व्यावसायिक क्याल्कुलेटर कुन हो ?
    नेपालमा पहिलोपटक फेसिट नामक क्याल्कुलेटर प्रयोगमा आएको थियो ।  विसं २०१८ सालको राष्ट्रिय जनगणनाका लागि यसको प्रयोग गरिएको थियो ।

- नेपालमा भित्र्याइएको पहिलो मेनफ्रेम कम्प्युटर कुन हो ?
    आईबीएम–१४०१ । विसं २०२८ को राष्ट्रिय जनगणनाको प्रयोजनका लागि यसलाई भित्र्याइएको थियो । प्रतिमहीना १ लाख २५ हजार रुपैयाँ भाडा तिर्ने सम्झौता गरी ल्याइएको थियो ।

- युनाइटेड स्टेट्स नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिष्ट्रेशन (नासा)मा वैज्ञानिकका रूपमा केही समयअघि एक नेपाली नागरिकसमेत छनोट हुन सफल भएका थिए । उनको नाम के हो ?
    भीमदत्त नगरपालिकाका ३० वर्षीय राजेन्द्र भट्ट । उनी अमेरिकाको भर्जिनियास्थित नासाको कार्यालयमा उपग्रहको (क्यालिब्रेशन)गुणस्तर जाँच्ने शाखामा वैज्ञानिकका रूपमा नियुक्त गरिएका हुन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।