मोहन चन्द
वैशाख १५, बैतडी । बैतडीका पम्पमा कृत्रिमरुपमा पेट्रोलको अभाव देखाइएको छ । पेट्रोल पम्पमा पेट्रोल नपाए पनि बजारमा भने खुलेआम विक्री भइरहेको छ । पेट्रोल पम्पमा पेट्रोल नपाईदा विचौलियाको मनपरी छ ।
नेपाल आयल निगमवाट मान्यताप्राप्त बैतडीको एक मात्र सतवाँजस्थित् भण्डारी आयल स्टोरमा पेट्रोल नहुँदा उपभोक्ताहरु बजारका विचौलियाबाट महंगोमा खरीद गर्न बाध्य छन् । विचौलियाहरुले ट्याङकीका ट्याङकी राखेर खुलेआम विक्री गरिरहेको स्थानीयको भनाइ छ । पम्पमा पेट्रोल नपाईंदा विचौलियाबाट महंगो मुल्यमा पेट्रोल खरीद गर्न वाध्य भएको उपभोक्ता जमन वडालले गुनोसो गरे ।
उनले पेट्रोल पम्पमा पेट्रोल नपाइने तर बजारमा भने सर्वत्र विक्री भइरहेको बताए । त्यस्तै उपभोक्ता प्रेम भाटले पम्पमा क्रृतिम पेट्रोल सिर्जना गरिएको बताए । उनले विचौलियाले पम्मबाटै पेट्रोल खरीद गरेर उपभोक्तालाई महंगोमा विक्री गरिरहेको दावी गरे । ‘पेट्रोल पम्पमा जाँदा पेट्रोल छैन, फेरि बजारका विचौलियावाट महंगोमा किन्न वाध्य छौं’, उनले भने ।
विचौलियाबाट पेट्रोल खरीद गर्दा उपभोक्ता दोहोरो मारमा परेका छन् । विचौलियाबाट खरीद गरेको पेट्रोल एकातिर महंगो हुन्छ भने अर्को तिर गुणस्तरीय पनि नहुने उपभोक्ताहरुको गुनासो छ । हिउँदमा खरीद गरेको पेट्रोल आफैं पम्मबाट घट्ने पम्प सञ्चालकको दावि छ । पेट्रोल कारोबारमा आफुले घाटा व्योहोर्नु परेको बताउँदै पम्प सञ्चालक शेरसिंह भण्डारीले ७ हजार लिटर पेट्रोल किनेर राख्दा ११५ लिटर आफै घटेर जान्छ, यतिको क्षति व्यहोर्नु पर्ने हुन्छ, त्यसैले पेट्रोल नराखेको बताए ।
अहिले दशरथचन्द राजमार्गमा अवस्थित् सो पेट्रोल पम्पमा डिजेल मात्र पाईन्छ । पेट्रोल पम्प संचालनको लागि उद्योग वाणिज्य संघ र पेट्रोल पम्प संचालकसंग छलफल गरिएको र छिट्टै पेट्रोल ल्याएर विक्री गरिने सञ्चालक भण्डारीको भनाई छ । बजारमा अभाव नहोस भनेर विचौलियालाई कार्वाही गर्न नसकिएको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खेमानन्द भट्टले वताए ।
उपाध्यक्ष भट्टले बजारमा क्रृतिम तवरले पेट्रोल वेच्नेलाई कार्वाही गर्ने बताउँदै पेट्रोल पम्प संचालकलाई छिट्टै पेट्रोल ल्याउनको लागि दवाव दिने जानकारी दिए । पम्पमा रू.१११ मा प्रतिलिटर पाईने पेट्रोल बजारमा प्रतिलिटर रू.१२५ देखि १३० सम्ममा कारोबार भइरहेको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले पेट्रोल अभावबारे तत्काल अनुगमन गरिने बताएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।