डिजिटल प्रोफाइल निर्माण गर्दै विराटनगर महानगर

Share News
रू. ५० लाख खर्च विराटनगर । महानगरपालिकाले डिजिटल प्रोफाइल बनाउने भएको छ । त्यसका लागि रू. ५० लाख बजेट छुट्याइएको छ । प्रोफाइलमा महानगरभित्रका घरधुरीको सचित्र विवरणसहित आवश्यक सम्पूर्ण तथ्यांक समेटिने महानगरपालिका कार्यालयका प्रवक्ता राजेन्द्र प्रधानले जानकारी दिए । उनका अनुसार डिजिटल प्रोफाइल २६ साताभित्र तयार गरिने छ । सो प्रोफाइल बनाउने विषयमा आइतवार महानगरपालिकामा प्रारम्भिक कार्यशाला गोष्ठीको आयोजना गरियो । डिजिटल प्रोफाइल बनाउने जिम्मा पाएको स्कोलर नेपाल प्रालिका सूचना तथा सञ्चार प्रविधिविज्ञ दीपक दवाडीले कार्यशालामा प्रोफाइलको स्वरूपबारे सहभागीहरूलाई जानकारी दिएका थिए । विराटनगर महानगरपालिकाको दोस्रो नगरसभाले डिजिटल प्रोफाइल बनाउने निर्णय गरेको थियो । कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख र उपप्रमुख, उद्योग संगठन मोरङका अध्यक्ष लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।