रंगेलीमा सडक चौडा पारिँदै

Share News
रोशनी भट्टराई मोरङ । मोरङको पुरानो सदरमुकाम रंगेली बजारको मुख्य हुलाकी राजमार्ग सडक चौडा पारिने भएको छ । हुलाकी राजमार्ग निर्देशनालयले सडक चौडा पार्न रंगेली नगरपालिकालाई सडक सीमाभित्र रहेका संरचना हटाउन पत्राचार गरेको छ । डिभिजन सडक कार्यालय विराटनगरले गत वर्ष विराटनगर–रंगेली–उर्लाबारी क्षेत्रलाई सहायक मार्गको रूपमा १५/१५ मिटर र ६/६ मिटर सेड ब्याक निर्धारण गरी सडक क्षेत्र तोकेको थियो । शहरी मापदण्डअनुसार सो सडक ६ लेनको बन्ने भएको छ । निर्देशनालयको पत्र पाएपछि नगरले सर्वदलीय तथा स्थानीयको बैठक राखेर सडक खाली गराउने र टेन्डरको सूचना जारी गर्ने निर्णय गरेको मेयर दिलीप बगडियाले जानकारी दिए । नगरले हाल सडक केन्द्रदेखि १५/१५ मिटर क्षेत्रमा चिनो लगाएर सडक क्षेत्र खाली गर्न आग्रह गरेको छ । निर्देशनालयले पहिलो चरणमा सो क्षेत्रको करीब ४ दशमलव ९ किलोमिटरलाई शहरी मापदण्डअनुसार विस्तार गर्ने बताइएको छ, जसअनुसार रंगेली कोल्ड स्टोरदेखि मधुवनी पूर्वसम्मको क्षेत्रमा ६ लेनको सडक, ढल र फुुटपाथसहितको संरचनाहरू बन्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।