दुई प्रदेशका खानेपानी कार्यालयमा रू. ५८ करोड ८३ लाख बेरुजू

Share News
विराटनगर (अस) । प्रदेश नं १ र २ का खानेपानी कार्यालयमा आर्थिक वर्ष २०७३/७४ सम्ममा रू. ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजू रहेको पाइएको छ । खानेपानी मन्त्रालय काठमाडौं र संघीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा विराटनगरमा हालै आयोजित प्रदेशस्तरीय सुशासन प्रवद्र्धन तथा बेरुजू व्यवस्थापनसम्बन्धी कार्यशाला गोष्ठीमा उक्त जानकारी दिइएको हो । खानेपानी मन्त्रालयअन्तर्गत मुलुकभरिका कार्यालयमा रू. १० अर्बभन्दा बढी बेरुजू रहेको समेत बताइएको छ । प्रदेश नं १ का भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेले बेरुजू फछ्र्र्याेट गरी सुशासन कायम गर्नुपर्नेमा जोड दिए । प्रदेश १ का कोष नियन्त्रक कृष्णप्रसाद पोखरेल, संघीय खानेपानी तथा ढल व्यवस्थान आयोजना प्रमुख चक्रपाणि शर्मा, उपसचिव विष्णुप्रसाद ज्ञवाली भएको बेरुजू फछ्र्योट गर्न र सुशासन प्रवद्र्धन गर्न कर्मचारीले सचेत भएर जिम्मेवारी पूरा गर्नुपर्ने औंल्याए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।