दैलेखमा ४१ महिला तथा किसोरीलाई सिप विकास तालिम

Share News

जेठ २, दैलेख (अस) । दैलेख पश्चिमको ठाटीकाँध गाउँपालिकाका ४१ जना महिला तथा किसोरीलाई दुई महीने सिलाई कटाई, हाते बुनाई तथा रोजगारमुलक तालिम प्रदान गरिएको छ ।

गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरर्गत उक्त तालिम प्रदान गरिएको हो । घरेलु तथा साना उद्योग विकास समिति दैलेखको आर्थिक तथा प्राविधिक सहयोगमा सेवकद्वारा उक्त तालिम सञ्चालित रहेको उद्यम विकास सहजकर्ता धुर्व कुमार शाहीले बताए ।

गत वैशाख १२ गतेदेखि शुरु भएको उक्त तालिममा हालसम्म विभिन्न कार्यमा महिलाहरु पोख्त भएका छन् । विकट गाउँमा महिलाको विकास र परिर्वतनका लागि उक्त कार्यक्रम निकै आवाश्यक भएको तालिमका प्रशिक्षक मनिषा भण्डारीले बताईन् ।

दिनहुँँ मेलापात गर्ने र कहिले कतै सामान्य विद्यालयको शिक्षासम्म अध्यन गर्ने मौका पायकी वडा-१ की मानकुमारी शाहीले उक्त तालिममा सहभागी हुँन पाउँदा निकै खुःसी भएको कुरा सुनाइन् ।

‘आफ्नै खुट्टामा आफैँ उभिन सक्छौँ, महिलालाई अब कमजोर नसोच्दा हुन्छ,’ तालिममा उपस्थित भई हाते बुुुुनाई सिक्न धागो समाईरहेकी वडा–६ की ३० बर्षिया लालमति बिष्टले भनिन् । तालिममा १८ ओटा मेसिनहरु उपलब्ध छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।