यार्सागुम्वा चोरीको आरोपमा २० भन्दा बढी पक्राउ

Share News
जेठ ३, डोल्पा (अस)। यार्सागुम्वा चोरी  गरेको आरोपमा जुम्लाका २० जना   डोल्पामा पक्राउ परेका छन् । शे -फोक्सुण्डो राष्टिय निकुन्जमा सुरक्षाका लागि खटिएको नेपाली सेनाले सुन्जुवा पोष्टबाट रू. २ लाख ८१ हजार नगर , १८ यार्सा निकाल्ने कुटा , ७ थान मोवाइल  र १५० ओटा यार्सागुम्वा सहित पक्राउ गरिएको निकुञ्जले बताएको छ । उनीहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको निकुन्जले जानकारी दिएकोे छ । सोही ठाउँमा एउटा शव समेत फेला परेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।