वीरेन्द्रनगर (अस) । सुर्खेतको सिम्ता गाउँपालिकाले ७५ प्रतिशत योजना सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७५/७६ का सामाजिक विकास तथा पूर्वाधार विकास निर्माणका योजना ७५ प्रतिशत कार्यान्वयन भएको जानकारी गाउँपालिकाले दिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले योजनाको कार्यान्वयन समयमै सक्नेगरी काम अघि बढाइएको बताए । ‘गाउँपालिकाले बाँकी योजना पनि असार मसान्तभित्र सक्नेगरी काम गरिरहेको छ,’ उनले भने । चालू आर्थिक वर्षमा सञ्चालित योजनाको भुक्तानी जेठ मसान्तसम्ममा गरिसक्ने गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले बताए । सिम्ता उज्यालो कार्यक्रम, इन्द्र बीसी फास्ट ट्र्याक र शहीद ऋषि स्मृति चक्रपथलाई गाउँपालिकाले गौरवको योजनाका रूपमा निर्माण अघि बढाएको उनको भनाइ छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।