नेपालगञ्ज (अस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मिडिया काउन्सिल विधेयक विवादित बनेकाले सबैलाई मान्य हुने गरी परिमार्जन गर्नुपर्ने बताएका छन् । प्रेस संगठन नेपाल बाँकेले शनिवार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले भने, ‘विवाद र विमति रहेकै अवस्थामा यसलाई पास गर्नुहुँदैन । सबैले अपनत्व महसुुस गर्नेगरी विधेयकलाई अघि बढाउनुपर्छ ।’ प्रेस स्वतन्त्र हुनुपर्ने धारणा राख्दै उनले भने, ‘कहीँ कतैबाट प्रेसमाथि अंकुश लगाउने काम राम्रो होइन ।’
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।