सोती बजारमा आगलागी

Share News
दोलखा (अस) । जिल्लाको कालिञ्चोक गाउँपालिका–८ को सोती बजारमा शनिवार राति आगलागी हुँदा करीब रू. १ करोड ९७ लाखको क्षति भएको छ । आगलागीबाट ४ घर जल्दा उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाले बताएको छ । राती करीब २ बजेको समयमा भएको आगलागीबाट घनश्याम उप्रेतीको इलेक्ट्रोनिक पसल, चित्र खरेलको खरेल होटेल, नारायण प्रसाद शिवाकोटीको कृष्ण होटेल र बासु खरेलको सेढाई होटल जलेर नष्ट भएको प्रहरी निरीक्षक रमेश बोहोराले बताए । सुरक्षाकर्मी स्थानीयको प्रयासमा आइतवार बिहान ७ बजे आगो नियन्त्रणमा आएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।