धरान (अस) । सुनसरीको धरानस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा कार्यालयमा कार्यरत फिल्ड सहायक कर्मचारीलाई गोली हानी उनको साथबाट करीब ४ लाख रुपैयाँ लुटिएको छ । धरान–५ स्थित साउनेटारमा आइतवार शम्भु गच्छदारलाई ३ जनाको समूहले गोली प्रहार गरी रकम लुटेको हो । गच्छदार मोरङको केराबारी गाउँपालिकास्थित याङशिलाको लामिछानेटारबाट कर्जा रकम उठाएर फर्किने क्रममा सो घटना भएको प्रहरीले जानकारी दिएको छ । गोली प्रहारबाट घाइते गच्छदारलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । घटनापछि धरान र आसपासको नाकामा कडाइ गरी उक्त समूहको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।