हेटौंडा (अस) । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारीसाधन चार्जका लागि हेटौंडामा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । चार्जिङ स्टेशन निर्माणका लागि बोलपत्र आह्वानको तयारी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच हेटौंडामा जग्गा उपलब्ध गराउने विषयमा छलफल भएको हो ।
स्टेशन तयार गर्ने गरी काम शुरू गर्न लागिएको कार्यकारी निर्देशक घिसिङले बताए । हेटौंडादेखि लोथरसम्म चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराइने प्रदेशका मुख्यमन्त्री पौडेलले आश्वासन दिएका छन् । हाल भइरहेका पेट्रोल पम्प जसरी व्यावसायिक हिसाबले चार्जिङ स्टेशन राखिने घिसिङले बताए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।