- नाष्टको पूर्ण रूप के हो ? यसको स्थापना कहिले भएको थियो ?
नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी । यसको स्थापना १९८२ मा भएको थियो ।
- नेपालमा कृषिक्षेत्रमा खोज तथा अनुसन्धानका लागि स्थापित परिषद्को नाम के हो ?
नेपाल कृषि अनुसन्धान परिषद्, यसलाई अङ्ग्रेजीमा नेपाल एग्रिकल्चरल रिसर्च काउन्सिल (नार्क) भनिन्छ ।
- नेपालमा निर्मित पहिलो नेपाली कथानक चलचित्र कुन हो ?
आमा । यसमा शिवशङ्कर श्रेष्ठ र भुवन चन्द प्रमुख भूमिकामा थिए ।
- नेपालमा निर्मित पहिलो रङ्गीन चलचित्र कुन हो ?
कुमारी
- नेपालमा ट्राफिक नियन्त्रण प्रणाली कहिलेबाट थालिएको हो ?
विसं २००७ मा रामदलमार्फत यसको शुरुआत गरिएको थियो ।
- अमेरिकी अन्तरिक्ष केन्द्र नासामार्फत सन् २००९ मा इण्टरनेशनल स्टुडेण्ट एचिभमेण्ट अवार्ड पाउन सफल नेपाली युवा को हुन् ?
रिजन कार्की । उनले १६ वर्षको उमेरमा गुरुत्वाकर्षणको सिद्धान्तमा आफ्नो कार्यपत्र प्रस्तुत गरेबापत यो पुरस्कार प्राप्त गरेका हुन् ।
- रेडियोमा फोनमार्फत प्रत्यक्ष कुरा गरी प्रसारण गर्ने पहिलो नेपाली को हुन् ?
पाण्डव सुनुवार
- रेडियो नेपालमा गीत रेकर्ड गराउने पहिलो व्यक्ति को हुन् ?
कोइली देवी
- नेपाल टेलिभिजनमार्फत विश्व समाचार प्रस्तुत गर्ने पहिलो प्रस्तोता को हुन् ?
दुर्गानाथ शर्मा
- मक्खन बनाउन नेपालमा पारम्परिक रूपमा प्रयोग गरिने उपकरणको नाम के हो ?
ठेकी
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।