प्रदेश १ मा ११ प्रतिशत बेरोजगारी

Share News
विराटनगर (अस) । प्रदेश नम्बर १ मा बेरोजगारी दर ११ दशमलव २ प्रतिशत रहेको पाइएको छ । केन्द्रीय तथ्यांक विभाग, तथ्यांक कार्यालय मोरङले गरेको नेपाल श्रम शक्ति सर्वेक्षणको तेस्रो स्थलगत तथ्यांकले यस्तो अवस्था देखाएको हो । यसमध्ये पुरुषको १० दशमलव ८ प्रतिशत र महिलाको ११ दशमलव ९ प्रतिशत बेरोजगारी दर रहेको केन्द्रीय तथ्याक विभाग, घरपरिवार सर्वेक्षण शाखाका निर्देशक देवेन्द्रलाल कारञ्जितले बताए । प्रदेश १ मा श्रमशक्तिमा सहभागिता दर ३७ दशमलव ८ प्रतिशत रहेकोमा पुरुष ५२ दशमलव ७ प्रतिशत र महिला २५ दशमलव ६ प्रतिशत छन् । रोजगारीमा रहेको जनसंख्या प्रदेशअनुसार हेर्दा प्रदेश नम्बर ३ मा सबैभन्दा बढी ४३ दशमलव ८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम २४ दशमलव १ प्रतिशत रहेको पाइएको छ । यस्तै बेरोजगारी दर प्रदेशअनुसार हेर्दा प्रदेश नम्बर सबैभन्दा बढी २ मा २० दशमलब १ प्रतिशत र प्रदेश नम्बर ३ मा सबैभन्दा कम ७ प्रतिशत रहेको तथ्यांकले देखाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।